म्याद थप गर्न पूर्वगृहमन्त्री खाँणलाई जिल्ला अदालत लगियो

लोकपथ
105
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई दोस्रो पटक अदालतमा उपस्थित गराइएको छ ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका खाँणलाई आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको हो ।

प्रहरीले म्याद थप गर्ने प्रयोजनका लागि अदालतमा उपस्थित गराएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका खाँणमाथि अनुसन्धानका लागि यसअघि लिइएको म्याद सकिन लागेपछि म्याद थप गर्न लागिएको हो ।
खाँणलाई बुधबार प्रहरीले राजधानीको मैजुबहालबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?