बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग देउवा र ओलीको भेट

लोकपथ
42
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र केपी शर्मा ओलीले भेटघाट गरेका छन् ।

केहीबेरअघि प्रधानमन्त्रीको सरकारी निवासमा नेतात्रयबीच भेटघाट भएको हो ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली बालुवाटार पुगेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका शीर्ष नेताहरु नै पक्राउ पर्न थालेपछि यसअघि पनि उनीहरुबीच पटकपटक भेटघाट भएको थियो । भेटमा समसायीक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?