साहित्यकार बिजय हितानको उपन्यास लाहुरेको रेलिमाई विमोचित

लोकपथ
21
Shares

काठमाडौ । लेखक ,पर्यावरणविद् तथा वातावरण सरंक्षण अभियन्ता विजय हितानद्वारा लेखिएको उपन्यास ‘लाहुरेको रेलिमाई’ आज काठमाडौंमा एक समारोहबीच लोकार्पण सम्पन्न भएको छ ।

लामो समयदेखि बेलायत सरकारसँग आवद्ध रहेर पर्यावरणविद्को रुपमा कार्यरत हितान पछिल्लो समय नेपाली साहित्य लेखनको माध्यमबाट वातावरण संरक्षणको निम्ति सकृय अभियान्ताको रुपमा परिचित छन् ।

पूर्व गोर्खा सैनिक हितानले यसपाली भने एक ऐतिहासिक युद्ध उपन्यास लेखेर नेपाली साहित्यको बगैंचामा एउटा फूलको वृक्षारोपण गरेका छन् ।

सांग्रीला प्रकाशनगृहले प्रकाशन गरेको लाहुरेको रेलिमाई मास्टर मित्रसनको जीवनीमा आधारित एक आख्यान हो । यो कृतिले नेपाली पाठकहरुलाई गोर्खा लाहुरे र प्रथम विश्वयुद्वलाई नजिकबाट बुझ्न सहज बनाउनेछ ।

सेनाको मनोविज्ञानलाई अत्यन्तै सजिव रुपमा प्रस्तुत गरिएको यो कृतिमाथि लेखक स्वयंम र वक्ताहरु प्रा. डा. गोविन्दराज भट्टराई, नेपाली चलचित्र तथा संगीतविज्ञ प्रकाश सायमी र कवि बिमला तुम्खेवाले आ–आफ्नो अभिव्यक्ति राखेका थिए । लेखक एवं समालोचक राजकुमार बॅानियाले कार्यक्रमलाई अन्तरकृयात्मक ढंगले संचालन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?