दार्चुला हिमपहिरो अपडेट : ७ जनाको उद्धार, ५ जनाको अवस्था अझै अज्ञात

लोकपथ
91
Shares

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा गएको हिमपहिरोमा परेर बेपत्ता भएका ७ जनालाई प्रहरीले उद्धार गरेको छ ।

हिमपहिरोमा परेर १२ जना बेपत्ता भएका थिए भने ५ जना अझै बेपत्ता रहेका छन् । प्रतिकुल मौसमका कारण बेपत्ता भएका ५ जनाको खोजी कार्यमा समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । हिमपहिरो गएको क्षेत्रमा लगातार वर्षा भइरहेको छ ।

बेपत्ताको खोजीका लागि बुधबार सशस्त्र प्रहरी बलको ५० नम्बर गुल्म छाङ दार्चुलाबाट डीएसपी इश्वरीदत्त भट्टको कमान्डमा २१ जनाको टोली परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?