काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले जोखिम तथा असुली व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न गरेको छ । संस्थाका अनुसार यही बैशाख १७ गते अर्थात आईतबार एक दिने जोखिम तथा असुली व्यवस्थापन सम्बन्धी आवासीय अन्तरक्रिया-तालिम सम्पन्न गरिएको हो ।
सो कार्यक्रममा संस्थाका संस्थाका सबै १०१ शाखा समेतका ३०० भन्दा बढी कर्मचारीहरूको उपस्थिती रहेको थियो । ति कर्मचारीहरुलाई केन्द्रीय कार्यलयका विभागीय प्रमुख र ईलाका निर्देशकहरूले कर्जा जोखिम व्यवस्थापन र कर्जा असुली बारे प्रशिक्षण दिनुका साथै वर्तमान समस्या एवं चुनौती सम्बन्धमा अन्तरक्रिया पनि सम्पन्न गरिएको संस्थाको भनाई छ ।

समारोहमा संस्थाबाट सेवा निवृत्त भएका संस्थापक अध्यक्ष रही विगत चार वर्षदेखि पहिलो कार्यकारी निर्देशक रहँदै आएका सुधीर प्रसाद लोहनी ससम्मान बिदाई गर्दै नवनियुक्त कार्यकारी निर्देशक श्रीमती जया लोहनीलाई स्वागत गरी भव्यताका साथ कार्यक्रम सम्पन्न गरियो ।
समारोहमा संस्थामा २२ वर्ष सेवा गरी निवृत्त भएका प्रादेशिक समन्वय प्रमुख खेमराज खतिवडालाई पनि ससम्मान बिदाई गरिएको संस्थाले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया