रास्वपाको केन्द्रीय कार्यालयमा साइकल प्रवेश निषेध !

लोकपथ
273
Shares

काठमाडौं । विश्व साइकल यात्री पुस्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा साइकल प्रवेश निषेध रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सगरमाथा आरोही समेत रहेका शाहले बिहान धुम्बाराहीस्थित रास्वपाको कार्यालय पुग्दा साइकल प्रवेश निषेध रहेको बताएका हुन् ।

आफूलाई रास्वपाका सांसद एवं उपाध्यक्ष डीपी अर्यालले भेटघाटका लागि बोलाएको र आफू त्यहाँ पुगेको तर गेटबाट साइकल प्रवेश निषेध रहेको भन्दै फर्किएको बताए ।

‘माननीय डिपि अर्याल स् राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले
चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु प-यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ स् फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?