विवाह गर्न नमानेपछि प्रेमीकै घरमा गएर अनुमाले गरिन् आत्महत्या

लोकपथ
2.8k
Shares

काठमाडौं । काठमाडौंको बोहोराटारमा एक युवतीले आत्महत्या गरेकी छिन् । आफ्नो प्रेमी सुजन ढकालले विवाह गर्न नमानेपछि ३४ वर्षीय अनुमा श्रेष्ठले शनिबार केटाकै घरमा गएर आत्महत्या गरेकी हुन् ।

अनुमा श्रेष्ठले शनिवार ३ः५२ बजे आत्महत्या गरेपछि सुजनका परिवारले प्रहरीलाई खबर गरेको थियो । खबरपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।

प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार मृतक अनुमाको परिवार नारायणगढमा रहेका र उनीहरु काठमाडौं आएपछि मात्रै शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको थियो ।

अनुमाको शवसँगै सुसाइड नोट पनि भेटिएको छ । सुसाइड नोटमा उनले आफूले दुई पटकसम्म गर्भपतन गरेको कुरा उल्लेख गरेकी छिन् ।

अनुमाको परिवारले ढकालविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरीको तयारी गरिरहेका छन् । लामो समयसम्म प्रेम गरेर दुई पटकसम्म गर्भपतन गरेको र अहिले विवाहका लागि इनकार गरेकाले अनुमालाई आत्महत्या गर्न बाध्य बनाइएको परिवारको आरोप रहेको छ ।

अनुमाको प्रेमी सुजन भने घटनाको बेला मेची अस्पतालमा रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी वृत्त बालाजुले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?