राष्ट्रपति पौडेलको आज डिस्चार्ज हुनसक्ने

लोकपथ
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलको आज डिस्चार्ज हुनसक्ने नेपाली दूतावासले जनाएको छ । उनको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । राष्ट्रपतिको दिल्लीस्थित अखिल भारतीय आर्युविज्ञान संस्थानमा उपचार हुँदै आएको छ ।

उपचारमा संलग्न चिकित्सकले उनको स्वास्थ्यमा राम्रो सुधार भएकाले आज आइतबारसम्ममा डिस्चार्ज गर्न सकिने बताएको दूतावासले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?