सेयरधनीले १० प्रतिशत बोनस सेयर पाउने

लोकपथ
0
Shares

पोखरा । कास्कीको हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं बार्षिक साधारण सभा आज पोखरामा सम्पन भएको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष संजिव सुब्बाले पेश गरेको आ.व. २०७८\०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको थियो ।सभामा सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम चुक्ता पूँजी ६५ करोड ५८ लाख ६२ हजार आठ सय ६२ रुपैयाँको १० प्रतिशतले हुन आउने रकम छ करोड ५५ लाख ८६ हजार दुई सय ८६ रुपैयाँं २० पैसा बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव समेत पारित भएको बताइएको छ । सभामा संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय रहने ठेगाना सम्वन्धी संस्थाको प्रवन्धपत्रको दफा २(१) र नियमावलीको नियम २ संशोधन गर्ने सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको जनाइएको छ ।

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थासंग गाभ्ने÷गाभिने वा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन उपयूक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गरी, मूल्यांङ्कनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने गाभ्ने गाभिने वा प्राप्ती सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्ने लगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित भएको कंपनी सचिव सुर्य थापाले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?