गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीको शपथ

लोकपथ
0
Shares
gjlgo’Qm d’VodGqL kf08]sf] zky cGgk”0f{ -sf:sL_, !%j}zfv M u08sL k|b]zsf k|b]z k|d’v k[YjLdfg u’?ª;dIf u08sL k|b]zsf gjlgo’Qm d’VodGqL ;’/]G›/fh kf08] kb tyf uf]kgLotfsf] zkyu|x0f lng’x’Fb} . tl:a/M wgaxfb’/ u’?ª÷/f;;

गण्डकी । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएको छ ।

आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएको हो । बिनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य सुशीला सिम्खडा र सरस्वती अर्याल तिवारीले शपथ ग्रहण गरेको हो ।

सिम्खडा नेकपा माओवादी केन्द्रर तिवारी नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएको थिए । मन्त्रिपरिषद् विस्तार र नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट छिट्टै हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २० बमोजिम कांग्रेस संसदीय दलका नेता पाण्डेलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गरेको थिए ।

कांग्रेसका २७, माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीका एकसहित प्रदेशसभाका ३५ सदस्यको समर्थनमा कांग्रेसका पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री बनेको   हो । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा गोरखा–२ २० बाट निर्वाचित भएको थियो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री पाण्डे विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय व्यक्तित्व हुन् । प्रदेशसभाबाट विश्वासको मत गुमाउँदै नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि गण्डकीमा नयाँ संयुक्त सरकार बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?