काठमाडौं । नेपाल र इटालीबीचको व्यापारको छाता संगठन नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (एनआईसीसीआई) को नयाँ कार्यसमिति चयन भएको छ ।
बैशाख १३ गते अध्यक्ष सञ्जय अग्रवालको संयोजकत्वमा नयाँ कार्यसमितिको बैठक सम्पन्न गरेको छ ।
उक्त कार्यसमितिको बैठकले चेम्बरको उपाध्यक्षमा रुपक राजवंशीलाई चयन गरेको छ ।
बैठकले चेम्बरको गतिविधिलाई प्रभावकारी बनाउन चार वटा समसामयिक समिति पनि गठन गरेको छ, उद्योग तथा लगानी प्रवर्द्धन समितिमा विनोद सगंतानी, पर्यटन प्रवद्र्धन समितिमा सारिक बोगटी, सामाजिक, शैक्षिक, सांस्कृतिक तथा खेलकुद समितिमा किशोर भट्टराई र व्यापार समितिमा शुभास विक्रम शाह निर्वाचित भएका छन् ।
नवनिर्वाचित समितिले नेपाल र इटालीबीचको विद्यमान व्यापार, पर्यटन, सूचना प्रविधि र व्यापारलाई थप विस्तार गर्दै दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता जनाएको छ ।
एनआईसीसीआइ इटालीसँग व्यापार सम्बन्ध राख्ने नेपाली व्यवसायी तथा उद्योगीहरुको द्विराष्ट्रिय संस्था भएकोले र नेपालसँग व्यापार गर्ने इटालियन व्यवसायीहरुकोे संगठन भएकोले एनआईसीसीआईको मुख्य उद्देश्य इटालियन संयुक्त लगानी नेपाल र ईटालीबीचको आर्थिक सम्बन्धलाई प्रवद्र्धन गर्ने रहेको बताइएको छ । दुई देशहरू बीच विद्यमान द्विपक्षीय सम्बन्ध र सहयोग बलियो बनाउनु हो र यो व्यापार तथा वाणिज्यका दृष्टिले नेपाल र इटालीको पारस्परिक हितका लागि नेपालमा स्थापना भएको यो एक मात्र संघ हो ।
नेपाल इटली चेम्बरमार्फत द्विपक्षीय व्यापार अभिवृद्धिसँगै नेपालमा इटालीबाट लगानी भित्र्याउने तथा नेपालमा इटलीका पर्यटकको संख्या बढाउन अभिप्राय रहिआएको छ । नेपाल र इटालीबीचको सम्बन्ध मित्रता, आपसी हित र सौहार्दतामा आधारित छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया