मापदण्ड नपुगेका दुई बालगृह बन्द

लोकपथ
0
Shares

राष्ट्रिय बालअधिकार परिषद्ले चालु आर्थिक वर्षमा मापदण्ड नपुगेका दुई बालगृह बन्द गरेको छ ।

परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले चालु आवमा मापदण्ड नपुगेका दुई बालगृहका ४१ बालबालिकाको उद्धार गरिएको जानकारी दिए । “अघिल्लो आवमा ४७ बालगृह बन्द रहेकामा ४५ बालगृहले आफैँ बन्द गरेका र दुई बालगृह मापदण्डविपरीत बन्द गरिएको थियो, चालु आवका दुई बालगृह मापदण्ड पूरा गर्न नसकेर बन्द भएका हुन्”, उनले भने ।

हाल नेपालका ४३ जिल्लामा चार सय १७ बालगृह सञ्चालनका छन् । त्यसमा १० हजार नौ सय पाँच बालबालिकाको संरक्षण र संवद्र्धन गरिँदै आएको छ । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्यले निवेदन दिन सूचना प्रकाशन गरेको थियो ।

चालु आवदेखि चैत मसान्तसम्म १८ स्थानमा सञ्चालनमा रहेका बाल हेल्पलाइनबाट जोखिममा रहेका चार सय ४५ बालबालिकालाई उद्धार गरिएको परिषद्ले जनाएको छ । त्यसमा दुई सय २१ बालक र दुई सय २४ बालिका छन् ।

जोखिममा रहेका बालबालिकालाई उद्धार गरी परिषद्ले संरक्षण व्यवस्थापनमा राहत मनोविमर्श, कानुनी परामर्शलगायतका छ हजार एक सय ४१ लाई सहयोग गरेको छ । त्यसमा दुई हजार पाँच सय ५१ बालक र तीन हजार आठ सय ९० बालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?