देउखुरी । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताइन् ।
प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताइन्। “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ”, उनीले भनिन् ।
मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चारसम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताइन् । “सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पुर्याउन पहल भइरहेको छ ”, उनीले भनिन् ।
मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको जानकारी दिए। सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उनिको भनाइ थियो ।
“अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ, नागरिकलाई लाभ हुने आयोजनामा मात्र सरकारले ध्यान केन्द्रित छ”, उनिले भनिन् । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको मन्त्री शर्माले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया