काठमाडौं । अभिनेता पल शाह धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ) को श्रम अभियानमा जोडिएका छन् ।
बिहीबार मेयर शाहले सामाजिक सञ्जालमा लेख्दै सो कुरा जानकारी गराएका हुन् ।
नाबालिका बलात्कार मुद्दामा अदालतबाट सफाया पाएसँगै अभिनेता शाह पूरानै दैनिकीमा फर्किएका छन् । त्यससँगै उनी साम्पाङले लामो समयदेखि चलाउँदै आएको श्रम अभियानमा जोडिएका हुन् ।

उनले मेयर साम्पाङलाई बेल्चा लगायतका सामग्रीहरु उपलब्ध गराएका हुन् ।
गत स्थानीय निर्वाचनमा स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङले धरानमा उपमहानगरमा श्रम अभियान चलाइरहेका छन् । साथै उनले श्रमका लागि प्रधानमन्त्री लगायत उच्चपदस्थ व्यक्तिहरुलाई आह्वान गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया