९ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने तयारी, ७ दिने स्पष्टीकरण माग

लोकपथ
56
Shares

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ वटा निर्माण कम्पनीलाई ७ दिने स्पष्टीकरण सोधेको छ ।

कालोसूचीमा राख्ने प्रयोजनका लागि सार्वजनिक निकायहरुले सिफारिस गरेको आधारमा प्रक्रिया पुरा गर्न कार्यालयले ७ दिने स्पष्टीकरण सोधेको हो ।

सार्वजनिक निकायहरुबाट कालोसूचीमा राख्न भनि सिफारिस भएपछि त्यसो गर्न नपर्ने भए ३० दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न यसअघि कार्यालयले पत्राचार गरेको थियो । तर, ती निर्माण कम्पनीले कुनै जवाफ नदिएकाले थप ७ दिनको म्याद दिएर सूचना प्रकाशित गरेको हो । उनीहरुले चित्तबुझ्दो जवाफ नदिएमा कालोसूचीमा पर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?