काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले यस वर्ष पनि राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ ।
प्रतिष्ठानले आगामी असार ९ गते कविता महोत्सव गर्न लागेको हो । उक्त कविता महोत्सवका लागि प्रतिष्ठानले कविता समेत माग गरेको छ ।
इच्छुक कविहरुले जेठ २० गतेभित्र प्रतिष्ठानमा उपस्थित भइ वा इमेलमार्फत कविता पठाउन सक्नेछन् । यसरी पठाउने कविता नेपालका सबै भाषा÷मातृभाषामा भएपनि स्वीकार्य हुने प्रतिष्ठानको भनाइ छ ।
प्रतिष्ठानका अनुसार प्राप्त हुन आएका कविताहरुमध्ये उत्कृष्ट १० कवितालाई बाचनका लागि भनोट गरिनेछ भने ती कविता प्रत्येकलाई १५ हजारसहित कदरपत्रले सम्मान गरिनेछ ।
प्रतिष्ठानले यसअघि पनि कविता महोत्सव गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया