जुवातास खेलिरहेका सात जना पक्राउ

लोकपथ
77
Shares

काठमाडौं । सुनसरीमा जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् ।

ईटहरी उपमहानगरपालिका-२ पशपति चोक बस्ने ६० वर्षीय केदर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-२ बस्ने ३४ वर्षीय दिपक थापासहित ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार ७ सय ९५ रूपैयाँ र ६ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?