एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, झापामा बस्ने

लोकपथ
77
Shares

काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ ।

एमालेले आगामी वैशाख २८,२९ र ३० गते बस्ने गरी बैठक आह्वान गरेको हो ।

यसअघि काठमाडौंमा बस्दै आइरहेको बैठक झापामा बस्न लागेको एमालेका प्रमुख सचेतक पदम गिरीले लोकपथलाई जानकारी दिए ।

‘वैशाख २८,२९ र ३० गते बैठक आह्वान गरिएको हो । बैठक झापामा बस्नेछ ।’ गिरीले लोकपथलाई जानकारी दिए ।

बैठकका एजेण्डाहरुबारे भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?