फ्लाई दुबईको जहाज भयानक दुर्घटना हुनबाट जोगिएको छ । सोमबार राति एउटा इन्जिनमा आगलागी भएको जहाज आकाशमै होल्ड भएर केहीबेरमा पुन गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको केहीबेरमै समस्याग्रस्त बनेको थियो ।
असामान्य अवस्थाको जहाजले आकासमा केहीबेर फन्को लगाएको थियो । पाइलटले अर्केो इन्जिन ठीक रहेकाले जहाज गन्तब्यतिर पठाएको बताइएको छ ।
यससँगै जहाज गन्तव्यतर्फ लागेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया