काठमाडौं । बारा-२ को मतगणना शुरु भएको छ । कलैस्थित शिक्षा तालिम केन्द्रमा मतगणना शुरु भएको हो । करैयामाई गाउपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको हो । ती पालिकाका ६, ६ वटा मतपेटिका खोलिएको छ ।
६ सय ७० मत गणना हुँदा जसपा नेपाल उमेदवार उपेन्द्र यादवले २ सय २४ मत पाएका छन् ।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १ सय ७० मत पाएका छन् भने नेकपा एमाले उम्मेदवार पुरुषोत्तम पौडेल १ सय ६६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले ८० मत प्राप्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया