निर्यातबाट डिजेल आयात मात्र धान्ने

लोकपथ
0
Shares

मुलुकले निर्यातबापत प्राप्त गर्ने आम्दानी डिजेल आयातका लागि मात्र पर्याप्त हुने देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत महिनासम्मको तथ्याङ्कअनुसार मुलुकले एक खर्ब १८ अर्ब २७ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यसै अवधिसम्म डिजेल आयातका लागि मुलुकबाट एक खर्ब १२ अर्ब ४० करोड रुपियाँ बाहिरिएको छ । यस हिसाबले डिजेल आयातको तुलनामा कुल निर्यात करिब चार अर्ब रुपियाँ मात्र बढी छ । जुन रकमले नेपाल भित्रने कुनै पनि प्रमुख वस्तु आयात गर्न पुग्दैन । गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?