पुडासैनी मैत्री समाजको चौँथो राष्ट्रिय अधिवेशन शनिबार नुवाकोटमा हुँदै

लोकपथ
1.1k
Shares

नुवाकोट । देशभर छरिएर रहेका पुडासैनीहरुलाई एकत्रित गर्ने उदेश्यले पुडासैनी मैत्री समाजले चौँथो राष्ट्रिय अधिवेशन गर्ने भएको छ ।

समाजले आगामी वैशाख ९ गते जिल्लाको बेलकोटगढी नगरपालिका वडा नं ८ मा भेला गर्न लागेको हो ।

पुडासैनी मैत्री समाजले सो भेलाबाट नयाँ नेतृत्व समेत चयन गर्नेछ । बन्दुहरुबीच भातृत्व कायम गर्ने उदेश्यले २०७१ सालबाट उक्त अभियान शुरु गरि संस्थागत रुपमा अघि बढाइएको हो ।

‘समर्पण राष्ट्रका लागि’ भन्ने मुल नाराका साथ शुरु गरिएको उक्त अभियानले विभिन्न सामाजिक काम गर्दै आएको समाजका संस्थापक अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । साथै बागमती सरसफाई अभियान समेत सोही समाजले शुरु गरेको उनले बताए ।

‘बन्धुहरुलाई एक ठाउँमा जोड्ने उदेश्यले २०७१ सालबाट शुरु भएको यो अभियानले विभिन्न सामाजिक कामहरु समेत गर्दै आइरहेको छ ।’ उनले भने, ‘बागमती सरसफाई अभियानको शुरु समेत यही अभियानले थालेको हो ।’

हरेक ३–३ वर्षमा राष्ट्रिय अधिवेशन गर्दै नेतृत्व चयन समाजले गर्दै आइरहेको छ । संस्थापक अध्यक्षको रुपमा दुई कार्यकाल उत्तम पुडासैनीले नेतृत्व गरेका छन् । त्यस्तै हाल दिपक पुडासैनी यसको अध्यक्ष रहेका छन् ।

राष्ट्रिय अधिवेशन शनिबार बिहान ८ बजेबाट बेलकोटगढी–८ सिसौघारीमा हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?