काठमाडौं । विभिन्न मागसहित चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।
सोमबार काठमाडौंको माइतीघरमा पर्चा र पम्प्लेट बोकेर उनीहरुले नारा लगाएका छन् ।
‘न्यायालय भन्दा ठूलो कार्यपालिका कसरी भयो ?, हामीलाई गिरी चाइँदैन, मेरिट मिच्न पाइँदैन, हाम्रो आदर्श हाम्रो भर, बोल्दिनु न जीकेसी सर’ लगायतका पर्चा र पम्प्लेट बोकेका थिए ।
धेरै अंक ल्याएका विद्यार्थीलाई छात्रवृत्ति नदिने, योग्यता र प्राथमिकताका आधारमा आफूले चाहेको विषय र संस्थामा अध्ययन गर्नबाट बञ्चिन गरिएको उनीहरुको गुनासो रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया