फुडमाण्डुको नयाँ वर्ष अफर : ८० प्रतिशतसम्म छुट पाइने

लोकपथ
14
Shares

काठमाडौं । नयाँवर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तिमा २० प्रतिशतदेखि ८० प्रतिशतसम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् । छुट कतिप-यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।

आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभुति दिन ल्याएको जानकारी दिएको छ ।

फुडमाण्डुका ब्रान्ड मार्केटिङ एक्जेक्युटिभ अंकिता जोशी भन्छिन्, “हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।” यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?