उद्योग वाणिज्य महासंघको मतदान रोकियो

लोकपथ
98
Shares
dtbfgsf nflu hDdf ePsf pBf]uL Joj;foLx? sf7df8f}F @( r}t M pBf]u jfl0fHo dxf;ª3sf] lgjf{rgsf nflu a’waf/ ljxfg k|1fejgdf hDdf ePsf pDd]bjf/ tyf dtbftf . tl:a/ M xl//fd e]6’jfn÷ /f;;

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको मतदान रोकिएको छ ।

बिहान १० बजेबाट शुरु भएको मतदानका क्रममा जिल्ला नगरको मतदाताले होहल्ला गरेपछि रोकिएको हो ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र सदस्यका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान भएको हो ।

मतदानको क्रममा होहल्ला भएपछि मतदान रोकिएको हो । भने हल्ला गर्नेहरुलाई अहिले बाहिर निकालिएको छ भने सुरक्षा व्यवस्था समेत कडा बनाइएको छ ।

आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिष्पर्धामा रहेका छन् । पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, हालका एसोसियट र वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाई प्रतिष्पर्धामा रहेका छन् । त्यसो त यसअघि नै निर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकाल स्वत अध्यक्ष हुनेछन् । महासंघको विधान अनुसार अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको स्वत अध्यक्ष हुनेछन् ।

महासंघको निर्वाचनका लागि देशभरबाट १ हजार ९ सय ५३ जना उद्योगी व्यवसायीहरु मतदानमा सहभागि हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?