एशियन पेन्ट्स नेपालको नयाँ उत्पादनहरु बजारमा

लोकपथ
49
Shares

काठमाडौं । एशियन पेन्ट्स नेपालले कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक नेपाली बजारमा ल्याएको छ ।

गत ७ अप्रिल, २०२३ मा होटल सोल्टी, काठमाडौंमा आयोजना गरिएको एक समारोहमा २०० भन्दा बढी डिलरहरुको आफ्ना नयाँ दुई उत्पादन बजारमा ल्याएको हो ।

घरधनीहरुले भोग्नुपरेको एक प्रमुख समस्या नुनिया रहेको र यसकारण भित्री र बाहिरी दुवै भित्ताहरुमा समस्या आउने भन्दै त्यसको निराकरणका लागि नयाँ उत्पादनहरु उपयोगी हुने कम्पनीको दाबी रहेको छ । जसले भित्ताहरुमा ओस र नुनियाको समस्याहरुलाई रोकथाम गर्नेछ ।

त्यस्तै कम्पनीले अन्य दुई उत्पादन रोयल प्ले समूह अन्तर्गत बारिक र स्टुको पनि सार्वजनिक गरेको छ । यी रोयल प्ले समूहका उत्पादनहरुले ग्राहकको घरको इन्टेरियरको सजावटलाई आकर्षक बनाउने सपनाहरु पूरा गर्ने कम्पनीको विश्वास रहेको छ ।

रोयलप्ले बारिकले अरेबियन मरुभूमिहरुबाट प्रेरित रिच मेटालिक टेक्स्चर दिन्छ र यो ओसन वेभ र वोर्लइफेक्टमा उपलब्ध छ । अर्कोतर्फ रोयल प्ले स्टुकोले प्रदान गर्ने फिनिसले तपाईंको भित्री भित्ताहरुमा मार्बलको अनुभूति दिलाउने बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?