रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी, के छ उजुरीमा ?

लोकपथ
231
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ ।चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रहेका रवि लामिछानेविरुद्ध युवराज पौडेलले उजुरी दिएका हुन् ।

युवराज पौडेलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगि लामिछाने उम्मेदवार हुन् अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेजको माग गरेका छन् ।

“नेपालको संविधान, २०७२ को धारा २९१ ले विदेशको आवाशिय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तिमा तीन महिनाको अवधि व्यतित नभई निर्वाचित हुन् रोक लगाएको छ। रबि लामिछाने यस अघि पनि यसै निर्वाचन क्षेत्रमा निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएकोमा नेपालको नागरिक नभएको सम्बन्धमा सर्वोच्च अदालतमा रिट निवेदन परि मिति २०७९र१०र१३ गते निर्णय हुँदा अमेरिकी नागरिकता त्याग गरेको निस्सा सहित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिएमा नेपालको नागरिकता पुनः प्राप्त हुन् सक्ने निर्णय भए पश्चात निज रवि लामिछाने २०७९र१०र१५ गते प्रमुख जिल्ला अधिकारी काठमाण्डौं समक्ष गई निवेदन दिएर नेपाली नागरिक्ता पुनः प्राप्त गरेको हुँदा उक्त मिति बाट मात्रै नेपाल सरकारलाई निज रवि लामिछानेले अमेरिकाको नागरिकता एंव स्थाई आवाशिय अनुमति पत्र त्याग गरेको कुरा औपचारिक रुपमा जानकारी भएको हुँदा समय वाट उम्मेदवारी दर्ता गर्दा र निर्वाचनको दिन सम्म पनि तीन महिना व्यतित नभएको हुँदा उक्त धारा २९१ अनुसार निज रवि लामिछानेलाई उम्मेद्वार हुन् अयोग्य घोषित गरी पाउँ ।” उजुरीमा लेखिएको छ ।

हेर्नुहोस् उजुरी : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?