तनहुँ–१ का ९ उम्मेदवार, को–को छन् मैदानमा ?

लोकपथ
35
Shares

काठमाडौँ । तनहुँ १ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि ९ जनाले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सोमबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर ९ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेमा कांग्रेसबाट गोविन्द भट्टराईm एमालेबाट सर्वेन्द्र खनाल, राप्रपाबाट शोभा गुरुङ, नेमकिपाबाट रामप्रसाद प्रजापती, राष्ट्रिय जनमुक्तिबाट पूर्णबहादुर राना रहेका छन् ।

यस्तै मंगोल नेशनलबाट प्रेमबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीबाट भीम बहादु सुनार, नेकपा समाजवादीबाट गणेश वाग्ले र रास्वपाबाट स्वर्णिम वाग्लेको उम्मेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?