रवि लामिछानेविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता, पेसी मंगलबार

लोकपथ
266
Shares

काठमाडौं । रवि लामिछाने विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा उनीविरुद्ध रिट दर्ता भएको हो ।

अधिवक्ता युवराज पौडेल ‘सफल’ ले लामिछानेविरुद्ध रिट निवेदन लिएर आइतबार सर्वोच्च अदालत पुगेका थिए तर मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबारमात्रै रिट दर्ता भएको हो । रिटको पेसी मंगलबारका लागि तोकिएको छ ।

अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने पौडेलको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?