शुक्लाफाँटा नगरपालिकामा जग्गा कित्ताकाट खुला गरिएको छ । जग्गा वर्गीकरण गर्ने कार्य पूरा नहुँदा छ महिनादेखि जग्गासम्बन्धीका कार्य अगाडि बढ्न सकेका थिएनन् ।
नगरपालिकाको स्थानीय भूउपयोग परिषद्ले क्षेत्राधिकारभित्रको जग्गाको वर्गीकरणको सूचना राजपत्रमा प्रकाशित गरेसँगै जग्गा कित्ताकाटको कार्य खुला भएको हो । राजपत्रमा नगरपालिकाले भूउपयोग ऐन र नियमावलीअनुसार भूउपयोग क्षेत्र कित्तागत विवरण, भूउपयोग परिषद्बाट स्वीकृत नक्सा र भूउपयोग क्षेत्र वर्गीकरणसम्बन्धी मापदण्ड तथा आधारलाई अन्तिम रुप दिएको छ ।
नगरपालिकाले नगर क्षेत्रत्रिको २१ हजार चार हजार नौ कित्ताको वर्गीकरण गरेको छ । नगरपालिकाको नापी शाखाका प्रमुख हेमराज अवस्थीका अनुसार कृषि क्षेत्र २२ दशमलव २१ प्रतिशत, आवासीय क्षेत्र १२ दशमलव ५० प्रतिशत, व्यावसायिक क्षेत्र १ दशमलव ४०, औद्योगिक क्षेत्र शून्य दशमलव १७, खानी तथा खनिज क्षेत्र शून्य दशमलव ०३ प्रतिशतका क्षेत्रमा वर्गाीकरण गरिएको छ ।
यसैगरी, वन क्षेत्र ५४ दशमलव १५, सार्वजनिक उपयोग क्षेत्र, तीन दशमलव ८९ प्रतिशत सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र शून्य दशमलव ०८ प्रतिशत नदी खोला तथा सिमसार क्षेत्र पाँच दशमलव ५१ प्रतिशत क्षेत्रमा वर्गीकरण गरिएको छ । नगरपालिकाको कूल क्षेत्रफल १६३५८१४५ दशमलव छ वर्गमिटर रहेको छ ।
आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्रबाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिकरुपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने भूउपयोग नियमावलीले व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया