बुटवल–पाल्पा सडक आजदेखि दैनिक ९ घन्टा बन्द

लोकपथ
21
Shares

बुटवल–पाल्पा सडक खण्ड सोमबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ ।

सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्ने कार्य सुरु हुने भएकाले सडक दैनिक ९ घन्टा बन्द हुन लागेको हो ।

सो सडक खण्ड अन्तर्गतको रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको निमार्ण कार्य शुरु गरे पछि दैनिक दुईवटा सिफटमा सडक बन्द गरेर आयोजनाको कार्य अघि बढाउन खोजिएको हो । जसअनुसार हरेक दिन बिहान ११ देखि दिउँसो २ बजे तथा रातको १० देखि बिहान ४ बजेसम्म सडक बन्द हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?