मेयर प्रेमलालको एसईई परीक्षा इन्जिनियरले दिएपछि…

लोकपथ
98
Shares

काठमाडौं । रौतहटमा एसईई दिइरहेका एक जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुले आफू नै परीक्षामा सहभागी हुनुपर्नेमा गरुडा नगरपालिका–६ पोठीयाहीका कमल साह कानुलाई परीक्ष दिन लगाएको खुलेको छ ।

मौलापुर नगरपालिका अन्तर्गत लक्ष्मीनिया मावि परीक्षा केन्द्रमा मेयर कानुको सट्टामा एसईई परीक्षा दिइरहेका कमल साहलाई अनुगमन टोलीले पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा उनको सिम्बोल नम्बर ३५०३७२८ को प्रेमलाल साह कानु नामको परिचयपत्र समेत टोलीले बरामद गरेको छ ।

पक्राउ परेका उनी पेसाले इन्जिनियर हुनका साथै मेयर प्रेमलाल साहको ज्वाइँ रहेको बुझिएको छ । उनीमाथि परीक्षा नियमावली अनुसार कारवाही हुने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?