काठमाडौं – नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई पेसी विमुख गराएर आफ्नो कार्यकाल थालनी गरेका छन्।
मुलुकको २९ औं प्रधानन्यायाधीशको पदभार सम्हालेपछि राणाले बुधबार दैनिक पेसी तोकेका थिए। तर उनले वरिष्ठ न्यायाधीश जोशीलाई कुनै मुद्दा हेर्न दिएनन्।
गत साउनमा संसदीय विशेष सुनुवाइ समितिले जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गरेको थियो। प्रधानन्यायाधीश राणाले गत आइतबार सुनुवाइ समितिमा आफू प्रधानन्यायाधीश भएमा संसद्को गरिमा राख्ने प्रतिबद्धता जनाएका थिए।
राणाले आफूले कठोर निर्णय लिएर पेसी नतोकेको स्पष्ट पार्दै अदालतलाई निकास दिन जोशीसँग आग्रह गरेका छन्। राणाले भने, ‘मेरा सहपाठी मित्रले वरिष्ठ न्यायाधीशका रूपमा अदालतलाई बन्धक बनाउनुहुन्न। उहाँले अदालतलाई निकास दिनुपर्छ। अबदेखि उहाँको नाममा पेसी तोकिनेछैन।’
संसदीय समितिमा आफूले गरेको प्रतिबद्धता कार्यान्वयन गरेको दाबी गर्दै राणाले भने, ‘अदालतको सक्षमतामा प्रश्न उठ्न हुँदैन। संसदीय समितिमा प्रतिबद्धता गरेर आएको छु। नागरिक, पत्रकार, सेवाग्राही सबैका लागि कठोर निर्णय गरें। गम्भीर निर्णय लिएर मेरा मित्रलाई पेसी नतोकेको हुँ।’ आजको नागरिक दैनिका खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया