काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा कुनै बेला औंलाभरि औंठी लगाउने नेताको रुपमा चिनिन्थे ।
यसपटक के भएछ कुन्नि, उनका औंलाहरूमा त्यतिविधि औंठी देखिएन । देखिन्न के, एउटै पनि औंठी लगाएको पाइएन । देउवाको हातमा औंठी नदेखेपछि आश्चर्य लाग्यो ।
अब उनले औँठी किन लगाएनन्, कुनचाहिँ ज्योतिषले भनेका कारण लगाउनु भएन ? कांग्रेस सरकारबाट हटेको कारण औंठी नलगाएको हो कि औंठी नलगाएको कारण कांग्रेस सरकारबाट हट्नु परेको हो ?
उनले औंठी नलगाउनु र कांग्रेस सरकारमा नहुनु बीचमा के तालमेल छ ? कुनै तालमेल त होला नि । नभए उनको हातमा औंठी नहुनु र कांग्रेस सरकारमा पनि नहुनु एकैचोटी कसरी सम्भव छ ?
अस्ति महासमिति बैठकमा आफ्नै कार्यकर्ताले उनको साह्रै अपमान गरे । हलमै हुटिङ गरे । हाहु मच्चाए । शायद हातमा औंठी नभएकै मौका पारेर त्यस्तो गरेको हो कि ? उनको हातको औंठी नभएको देखेर कार्यकर्ताले पनि हेप्ने आँट गरेको हो कि ?
उनको औंठीमा ठूलो शक्ति हुन्छ भनिन्थ्यो । उनी जनता र कार्यकर्ताको शक्तिमा भन्दा पनि औंठीको शक्तिमा बढी विश्वास गर्थे । त्यसैले कार्यकर्ताको बलमा भन्दा पनि औंठीको बलमा सत्तामा पुग्न सकिन्छ भन्ने विश्वास थियो ।
तर अहिले औंठी छैन, शक्ति पनि छैन । अब कहिले आउँछ होला उनको हातमा औंठी ? जनआस्था साप्ताहिकमा यो सामग्री छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया