काठमाडौं । जनता समजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन् ।
आफ्ना पार्टीका केही शीर्ष नेताका साथ सहकारी विभागको गेस्ट हाउसमा पुगेर उपराष्ट्रपति यादवलाई बधाई दिएका छन् ।
उपराष्ट्रपति यादव हाल सहकारीको गेस्ट हाउसमा बसिरहेका छन् । जसपाका अध्यक्ष यादवले संविधान, लोकतान्त्रिक गणतन्त्रको रक्षामा उपराष्ट्रपति यादवको महत्त्वपूर्ण भूमिका रहने विश्वास लिएको धारणा त्यहाँ राखेका थिए ।
जनताको आशा र भरोसाको केन्द्रमा रहेर काम गर्न समेत उनले सुझाव दिएका छन् । रामसहाय यादव जसपाको सिफारिसमा उपराष्ट्रपतिमा गएका हुन् । उनी बारा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनी जसपाका कार्यकारिणी सदस्य पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया