चुनावको मुखमा सरकार र प्रतिस्पर्धी संगठनमाथि खनियो अनेरास्ववियु

लोकपथ
35
Shares

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सरकार र प्रतिस्पर्धी विद्यार्थी संगठनमाथि खनिएको छ । एक विज्ञप्तिमार्फत अनेरास्ववियुले सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरेर स्ववियु निर्वाचन बिथोल्न खोजेको आरोप लगाएको छ ।

अध्यक्ष समिक बडालले शुक्रबार जारी गरेको विज्ञप्तिमा आफूले सजहताका साथ विजय हासिल गर्ने क्याम्पसहरुमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरुलाई सुरक्षा चुनौती हुने गरी सत्ताधारी दल निकट विद्यार्थीहरुले गतिविधि गरिरहेको आरोप लगाइएको छ ।

‘देशका सबैभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पाटन संयुक्त क्याम्पस, बाल्मीकी क्याम्पस, विरेन्द्र बहुमुखी क्याम्पस, अमृत साईन्स क्याम्पस, पश्चिमाञ्चल क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साईन्स क्याम्पस, चितवन ई कलेज लगायत आंगिक क्याम्पसहरु र अत्याधिक विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक क्याम्पसहरुमा सत्ताधारी संघ संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्र र विद्यार्थीहरुको मौलिक हक अधिकार विरुद्ध भईरहेका यस्ता गतिविधिहरुको पक्षमा नेपाल सरकार रहेको हामीलाई आभाष भईरहेको छ ।’

अनेरास्ववियुले तत्काल सम्पूर्ण विश्वविद्यालय र क्याम्पसहरुमा निर्वाचनको प्रक्रिया अघि बढाउन माग समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?