काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो निर्णय गरेको हो ।
यादव वर्तमान गठबन्धनका साझा उम्मेदवार समेत रहेका छन् ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते शुक्रबार हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया