उद्योगी व्यवसायीहरुले फिर्ता लिए बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलन

लोकपथ
77
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाविरुद्धको उद्योगी व्यवसायीहरुको विरोधका कार्यक्रमहरु स्थगित भएका छन् ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाटपछि व्यवसायीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताएका थिए ।

त्यससँगै व्यवसायीहरुले आफ्नो आन्दोलनको कार्यक्रम फिर्ता लिएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा चर्को ब्याजदरका कारण व्यवसाय गर्न कठिन भएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल व्यापार संघ, नाडा अटोमोबाइल्स एसोसिएसनलगायत निजी क्षेत्रका छाता संगठनमा आबद्ध व्यवसायी आन्दोलित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?