निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले छोडिन् शीतलनिवास

लोकपथ
42
Shares

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारी निवास शीतल निवास छोडेकी छिन् ।

सोमबार राति १२ बजे आफ्नो कार्यकाल सकिएसँगै दिउँसो शीतलनिवास छोडेकी हुन् ।

केहीबेरअघि नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका पौडेलले आजबाट सरकारी निवासमा सर्दैछन् ।

भण्डारीलाई राष्ट्रपति पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उच्च पदस्त व्यक्तिहरुले बिदाई गरेका हुन् ।

निर्वतमान राष्ट्रपति भण्डारी बुढानिलकण्ठ चपलीमा रहेको आफ्नो निजी निवास सरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?