काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतको फैसलाले आफूलाई कुनै पनि चिन्ता नलागेको प्रतिक्रिया दिएका छन् ।
सोमबार काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठन छैठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले सर्वोच्चको आदेशले पूर्व माओवादीहरुलाई एक ठाउँमा ल्याउने आदेश जस्तो लागेको प्रतिक्रिया दिए ।
‘सर्वोच्चको आदेशले म विल्कुल चिन्तित थिइनँ’, प्रधानमन्त्रीले भने, ‘विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने आदेश बुझेँ मैले ।’
त्यस्तै सर्वोच्चको आदेशले द्धन्द्धकालिन मुद्दाका विषयमा संक्रमणकालिन न्यायको विषयमा टुंगो लगाउन सहयोग मिल्ने बताए ।
प्रधानमन्त्रीले द्धन्द्धकालमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने प्रतिक्रिया दिएका थिए । उनको अभिव्यक्तिको विरुद्धमा गत फागुन १९ गते यसअघि दरपीठ भएको रिट दर्ता गर्न आदेश दिएको थियो । सो मुद्दामा सर्वोच्चले प्रचण्डको नाममा कारणदेखाउ आदेश जारी गरेको छ ।
सर्वोच्चको उक्त आदेशपछि पूर्व माओवादीहरु एक ठाउँमा उभिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया