काठमाडौं । उपराष्ट्रपतिमा उम्मेदवारी परेका चारै जनाको नाम कायम भएको छ ।
आइतबार अपरान्ह उपराष्ट्रपति निर्वाचन अधिकृतले चारै जनाको नाम सार्वजनिक गरेका हुन् ।
जसमा जनता समाजवादीका तर्फबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव, एमालेका तर्फबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका तर्फबाट ममता झा रहेका छन् ।
यसअघि शनिबार उम्मेदवारी दर्तापछि जसपाका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो । तर संविधानले नै व्यवस्था गरेको भन्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले यादवको उम्मेदवारी समेत कायम राखेका थिए ।
आगामी चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि जसपाबाट उम्मेदवार बनेका रामसहायप्रसाद यादवलाई गठबन्धनको साथ रहेको छ । त्यसो त अर्को उम्मेदवारी समेत जसपाबाटै परेको कारण निर्वाचनको अघिल्लो दिनमात्रै उक्त उम्मेवारी निष्कृय बनाउने तयारी जसपाको रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया