काठमाडौं । राष्ट्रपतिमा निर्वाचित भएपछि रामचन्द्र पौडेलले नेपाली कांग्रेस छाडेका छन् ।
आइतबार पौडेलले पार्टीबाट अलग भएको पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् । राष्ट्रपति पौडेलले बुझाएको पत्र कार्यालयमै दर्ता भइसकेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले लोकपथलाई जानकारी दिए ।
‘उहाँले राष्ट्रपतिमा निर्वाचित भइसकेपछि आज पार्टीबाट अलग भएको पत्र केन्द्रीय कार्यालयमा पठाउनुभएको छ । सो पत्र दर्ता भइरहेको छ ।’ मुख्यसचिव पौडेलले भने ।
राजनीतिक दल भन्दा फरक व्यक्ति राष्ट्रपति बन्ने संवैधानिक प्रावधान अनुसार पौडेल पार्टीबाट अलग भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया