माओवादी महासचिव गुरुङको आरोप– ‘शान्ति प्रक्रिया टुंग्याउन एमाले बाधक बन्यो’

लोकपथ
84
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले शान्तिप्रकिया टुंगोमा पुर्याउन नेकपा एमाले बाधक रहेको आरोप लगाएका छन् ।

आइतबार कमलादीस्थित प्रज्ञा भवनमा संयुक्त पत्रकार सम्मेलनमा बोल्दै गुरुङले सो आरोप लगाएका हुन् ।

सदनमा द्धन्द्धकालिन न्यायसम्बन्धि न्याय विषयको विद्येयक पटकपटक ल्याइए पनि एमाले बाधक भएको कारण सो पूरा हुन नसकेको उनले बताए ।

‘नेकपा एमालेको नेतृत्वले शान्ति प्रक्रियाको विषय टुंग्याउन लगायार नकारात्मक धारणाहरु राख्दै आयो । पछिल्लो समय विद्येयक अन्तिम समयमा पुगेको सन्दर्भमा पनि एमालेकै कारण त्यो अड्किरहेको अवस्था छ ।’ उनले भने, ‘त्यसकारण यो प्रक्रिया अघि बढाउनका लागि नेकपा एमालेको सहमति हुन नसकेको कारणले गर्दा समस्या पैदा भएको हो ।’

त्यस्तै अहिले शान्ति प्रकियाको विषयमा गलत धारणाहरु बाहिर आइरहेका कारण शान्ति प्रक्रियाको मर्ममाथि नै प्रहार भइरहेको बताए । साथै द्धन्द्धकालिन मुद्दाको विषयमा सत्य निरुपण तथा मेलमिलाप आयोगले हेर्नुपर्नेमा अन्य प्रक्रियाबाट जान लागिएको भन्दै आपत्ति जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?