काठमाडौं । गठबन्धनबाट उपराष्ट्रपतिको उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ ।
संघीय संसद भवनस्थित राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन मुख्य अधिकृतको कार्यालयले उनको उम्मेदवारी कायमै राख्ने निर्णय गरेको हो ।
एमालेबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी अष्टलक्ष्मी शाक्यले उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनको उजुरीमा यादवले स्पष्टीकरण दिएका थिए ।
निर्वाचन आगोगले राष्ट्रपतिमा खस आर्यबाट पुरुष उम्मेदवारले जितेको भन्दै उपराष्ट्रपतिमा फरक लिंग वा समुदायको उम्मेदवार हुनुपर्ने जनाएको थियो । त्यससँगै शाक्यले उनको उम्मेदवारीविरुद्ध उजुरी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया