सत्ता साझेदार दलहरुको बैठक शुरु

लोकपथ
28
Shares

काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक शुरु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सत्ता साझेदार दलका शिर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरण शर्माले लोकपथलाई जानकारी दिए ।

बैठकमा उपराष्टपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने उनले बताए ।

उपराष्ट्रपतिको आज मनोनयन दर्ताको कार्यतालिका रहेको छ । यद्यपि, मनोनयन दर्ताका लागि समय शुरु भइसक्दा पनि दलहरु भने अझै छलफलमै व्यस्त छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?