काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको प्रारम्भिक सुनुवाइ सकिएको छ ।
आज सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।
यसअघि बिहीबार न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिएको थियो । तर आज हिजो हेर्न नभ्याइने सूचीमा राखिएको रिट आजको लागि खतिवडाको इजलासमा पेशी तोकिएको थियो ।
आज रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।
३ वर्ष अघि एक सार्वजनिक कार्यक्रममा प्रचण्डले द्धन्द्धकालमा भएको सशस्त्र युद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने बताएका थिए ।
द्धन्द्धकालिन न्यायको सन्दर्भका मुद्दाहरु अझै विचाराधिन रहेको भन्दै प्रचण्ड स्वयंमले स्वीकार गरेको भन्दै फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया