प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वर खतिवडाको इजलासमा

लोकपथ
70
Shares

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्डविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

यसअघि बिहीबारको लागि पहिलो सुनुवाई तोकिएको थियो । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा तोकिए पनि हेर्न नभ्याइने सूचीमा राखिएको थियो ।

आज उक्त मुद्दा न्यायाधीश खतिवडाको इजसालमा राखेर प्रारम्भिक सुनुवाइ गर्न लागिएको हो ।

गत फागुन २३ गते अधिवक्ता ज्ञानेन्द्रराज आरण लगायतले प्रचण्डविरुद्ध रिट दायर गरेका थिए ।

२०७६ माघ १ गते प्रचण्डले द्धन्द्धकालमा मारिएकामध्ये आफूले ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिले प्रचण्ड स्वयंले हत्या गरेको स्वीकारेको साबिति बयान दिएको भन्दै रिट परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?