काठमाडौं । नयाँ राष्ट्रपति चयनका लागि जारी मतदानमा हालसम्म ८२४ मत खसेको छ ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार दिउँसो २ बजेसम्म ८२४ मत खसेको हो ।
जसमध्ये प्रदेश सभाका सदस्यहरुबाट ५२९ र संघीय संसदका तर्फबाट ३०९ मत खसेको हो ।
बिहान १० बजेबाट संघीय संसद भवनको ल्होत्स हलमा मतदान जारी रहेको छ ।
आजको मतदानमा १४ राजनीतिक दल र स्वतन्त्र सांसदहरु समेत उपस्थित रहेका छन् । प्रदेश सभाका ५५० र संघीय संसदका ३३२ गरी कुल ८८२ मतदाता रहेका छन् ।
राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशका सांसदको मतभार ४८ रहेको छ ।
मतदान दिउँसो ३ बजेसम्म जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया