रास्वपाको पनि मत पाउने भएपछि रामचन्द्रले भने– ‘लगभग राष्ट्रिय सहमतिमा पुगियो’

लोकपथ
49
Shares

काठमाडौं । गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति भएको बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समेत आफूलाई मतदान गर्ने निर्णय गरेसँगै पौडेलले सो प्रतिक्रिया दिएका हुन् ।

संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग बोल्दै उम्मेदवार पौडेलले राष्ट्रिय सहमतिमा पुगिएको र अब अन्तिम परिणामको मात्रै प्रतिक्षामा रहेको बताए ।

‘अब राष्ट्रिय सहमति भयो । लगभग राष्ट्रिय सहमतिमा पुगियो । अब निर्वाचनको परिणामको प्रतीक्षामा छौं ।’ उनले भने ।

रास्वपाले केहीबेरअघि मात्रै निर्णय गरेर राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?