काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आफ्नो नाम प्रस्ताव भए पनि आफूले रामचन्द्र पौडेललाई समर्थन गरेको बताएका छन् ।
बिहीबार राष्ट्रपति निर्वाचनमा मतदानका लागि संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेका नेपालले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा आफ्नो नाम प्रस्ताव गने पनि आफूले पौडेललाई समर्थन गरेको बताए ।
नेपालले भने, ‘प्रचण्डलेजी ले मेरो नाम प्रस्तावित गर्नु भएकै हो, सबै पार्टीका सामुमा तर, मैले अघि सरेरै भनेको हुँ कि अहिलेको परिस्थितिलाई आकलन गरेर नेपाली कांग्रेसलाई नै दिउँ भनेर ।’
त्यसैगरी आफूहरुले उम्मेदवार बनाएका पौडेलको पक्षमा मत ट्रान्सफर हुने उनको अनुमान रहेको छ ।
संघीय संसद भवनमा बिहान १० बजेबाट मतदान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया